मन्त्रिपरिषद् बैठकका १२ निर्णय सार्वजनिक : मन्त्रीहरूको विदेश भ्रमण स्वीकृतिदेखि बढुवा र मनोनयनसम्म
काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबारको बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
निर्णयअनुसार केही मन्त्रीको विदेश भ्रमण स्वीकृत भएको छ भने केही मनोनयन र बढुवालगायतका निर्णय पनि भएका छन् ।
प्रवक्ता गुरुङका अनुसार बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा खरिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । यसैगरी कृषि मन्त्रीको मेक्सिको र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको फिलिपिन्स भ्रमण स्वीकृत भएको छ ।
यसैगरी जनक शिक्षा सामग्री केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृत दिने, नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा सभ्यता गौतम र विष्णु प्रदान कँडेललाई मनोनयन गर्ने सचिवमा रघुराम विष्टलाई बढुवा गर्नेलगायतका निर्णय भएको गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण