राजनीति
१७३ सदस्यीय केन्द्रीय समितिसहित राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता
शुक्रबार, ०९ कात्तिक २०८१, १९ : ०५

काठमाडौँ । १७३ सदस्यीय केन्द्रीय समितिसहित राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार महतोले आयोगमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दल दर्ता गराएका हुन् ।
पार्टी केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् ।
यस्तै पार्टीको चुनाव चिन्ह माछा रहेको छ ।
नेपाल सदभावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गरेका अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियानहरु चलाउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन