इन्टरपोलबाट रेड नोटिस जारी भएका सुजन आचार्यसहित दुईजना कम्बोडियामा पक्राउ
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका दुईजना कम्बोडियामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१० घर भएका सुजन आचार्य र बिनु शाक्य छन् ।
इन्टरपोलको समन्वयमा सुजन आचार्यलाई शुक्रबार नेपाल फिर्ता ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाउँछु भनेर उनले ४० जनाबाट ५ करोड २ लाख असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आचार्यविरुद्ध २०८० माघ १९ मा रेड नोटिस जारी भएको थियो ।
आचार्यविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय कारोबार सम्बन्धी कसुर र प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा विचाराधीन छ । आचार्यलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
आचार्य यसअघि प्रहरीसँग मिलेर हिरा लुटेको घटनामा जेल परेर छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण