यी हुन् हिरा लुटपाटमा संलग्न प्रहरीदेखि पत्रकार, लुटपाटमा प्रहरीकै पेस्तोल प्रयोग
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हिरा लुटपाटमा संलग्न प्रहरीदेखि पत्रकारसम्मलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
आइतबार अपरान्ह ५ बजेतिर मकवानपुरको कैलाश गाउँपालिका–५ चौकीटार गोगने बस्ने ७० वर्षीया धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा महानगरीय प्रहरी वृत्त दरवारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, प्रहरी जवानद्वय हेमकान्त पुन मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्यले मिलेर लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेका बसेल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ निवासी हुन् भने मगर दाङ जिल्लाको सिजुवा गाउँपालिका–१ निवासी हुन् । यस्तै बस्नेत जाजरकोटको शिवालय गाउँपालिका–२ निवासी हुन् भने पत्रकार आचार्य ललितपुर महानगरपालिकाको भैंसेपाटी निवासी हुन् ।
हिरा लुटपाटको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक विकासकुमार तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुरकै थाहा नगरपालिका–३ स्थित थानाबजारबाट नियन्त्रणमा लिएको थियो ।
उनीहरु प्रदेश ३–०१–००२२ च ३३६२ नम्बरको कारमा सवार भएर भागिरहेको अवस्थामा पक्राउ परेका हुन् । सुरुमा हिरा किन्ने बाहाना बनाएर उनीहरु पीडितको घरसम्म पुगेका थिए । तर त्यहाँ आफूहरु प्रहरी रहेको भन्दै पेस्तोल देखाएर सुन लुटी भागेका थिए ।

मकवानपुर प्रहरीका अनुसार बरामद गरिएको पेस्तोलसमेत प्रहरीको ड्युटी पेस्तोल नै हो । उनीहरुलाई डाका कसुरमा कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
डाँका कसुरमा ७ वर्षदेखि १४ वर्षसम्म कैद र ७० हजार रुपैयाँदेखि १ लाख ४० हजार रुपैयाँ जरिवानासम्मको सजायको प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण