पोखरीहरुमा छठपर्वको तयारी सुरु
धनुषा । जनकपुरधामका गोरधोइ पोखरीहरुमा छठपर्वको तयारी थालिएको छ । पोखरीका सहरका रूपमा प्रसिद्ध जनकपुरधामका पोखरीमा छठपूजाका लागि यहाँका स्थानीय समिति, छठपूजा समिति र स्थानीय युवा क्लबहरुले त्रिपाल र पण्डाल लगाउन सुरु गरेको राम युवा कमिटीका अध्यक्ष सरोज साहले जानकारी दिए ।
तराई–मधेसका महिलाले आफ्नो परिवार र सन्तानको सुख समृद्धिको कामना गर्दै छठपूजा गर्ने गर्छन् । यसवर्ष छठपर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भइ षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।
जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सागर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड, दूधमति, जलाइद, रत्नसागरलाई स्थानीय युवा क्लबले सजाउन थालेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जीतेन्द्रकुमार महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताए । उनले यस अवसरमा व्यापारिक चलहपहलसमेत बढेको बताए । गङ्गासागर पोखरीमा परापूर्वकालदेखि छठपूजा हुँदै आएको संस्कृतिका जानकार डा राजेन्द्र विमलले बताए ।
दर्शनार्थीलाई सहजरुपमा छठ पूजा गर्न मिलोस् भनेर व्यवस्थापन गर्न लागिएको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए । विगतका तुलनामा यसवर्ष आकर्षक बत्ती र पण्डाल राखिने छठपूजा समितिले जनाएको छ । अध्यक्ष गुप्ताले भने,‘‘छठपूजाको मुख्य आकर्षण पण्डाल हो । पण्डाल जति आर्कषक बनाउन सकियो त्यति सुन्दर र भव्य देखिन्छ ।”
छठपर्वका लागि आवश्यक खर्च व्यवस्थापन गर्न ऐच्छिक रुपमा रु पाँच सयको टिकट बिक्री गर्ने तयारी गरिएको छ । विगतमाझैँ यो वर्ष पनि जनकपुरधामका विभिन्न पोखरीको चारैतर्फ झिलिमिली बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरुले सजावट गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण