अस्ट्रेलियाविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा
नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्धको बोर्डर गावस्कर सिरिजका लागि शुक्रबार भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय टोलीले अर्को महिना अस्ट्रेलियाको भ्रमण गर्ने छ, जहाँ टोलीले पाँच खेलको टेस्ट सिरिज खेल्नेछ।
भारतले बोर्डर-गावस्कर टेस्ट सिरिजका लागि १८ सदस्यीय टोलीमा अभिमन्यु इसवरन, हर्षित राणा र नितिश कुमार रेड्डीलाई छनोट गरेको छ। ढाडको समस्याका कारण कुलदीप यादव टोलीमा छैनन् । फास्ट बलर मोहम्मद शमी अझै पूर्णरुपमा फिट भएका छैनन् । उनले पनि टोलीमा स्थान पाएका छैनन् ।
उनी चोटका कारण २०२३ को एकदिवसीय विश्वकपको फाइनलदेखि मैदान बाहिर छन् ।
भारतीय टोलीले ३ वर्षपछि अस्ट्रेलियामा टेस्ट सिरिज खेल्न लागेको हो । पहिलो खेल २२ नोभेम्बरदेखि पर्थमा र दोस्रो खेल ६ डिसेम्बरबाट एडिलेडमा हुनेछ । भारतले सन् २०१४ यता अस्ट्रेलियासँगको कुनै पनि टेस्ट सिरिज हारेको छैन । यस अवधिमा विराट कोहलीको कप्तानीमा टोलीले २ वटा सिरिज जितेको थियो ।
यस्तो छ भारतीय टोलीः रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वी जैसवाल, अभिमन्यु इसवरन, शुभमन गिल, विराट कोहली, केएल राहुल, ऋषभ पन्त (विकेटकिपर), सरफराज खान, ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन आश्विन, रवीन्द्र जडेजा, मोहम्मद सिराज, आकाश दीप, प्रसिद्ध कृष्ण, हर्षित राणा, नितिश कुमार रेड्डी, वाशिंगटन सुन्दर।
रिजर्भ : मुकेश कुमार, नवदीप सैनी, खलील अहमद।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण