आहा ! धान झुलेको अलैचे फाँट (तस्बिरहरू)
लमजुङ । लमजुङ जिल्लाको दोर्दी–२ स्थित अलैचे फाँटमा यतिबेला धान लहलह झुलेको छ । कतिपय किसानहरू धान काट्ने चटारोमा छन् ।
खडेरीका कारण मकै बाली राम्रो नभए पनि बर्खामा पर्याप्त पानी परेकोले धान खेती भने यहाँ राम्रो भएको छ । फलतः यस वर्ष उब्जनी बढ्नेमा किसानहरू आशावादी छन् ।
०७२ सालको महाभूकम्प अघि यो फाँटमा एकाध मात्रामा घर रहे पनि अहिले अधिकांश घर खेतमै बनेका छन् । जसले खेतीयोग्य जमिन मासिँदै आएको छ ।
पाकेको धान तिहार अघि नै थन्क्याउने योजनाका साथ किसानहरू धान काट्ने दिन जुराइरहेका छन् । यहाँ रामधान, सुनौलो सुगन्ध, सुक्का २, साबित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र, लोकनाथ, गोरखनाथ, युएस ३१२, उपज, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतका हाइब्रिड जातको धान लगाउने गरिन्छ ।
जिल्लामा करिब नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ।
_S9r9ChudgM.jpg)
_u5BIXhReAX.jpg)
_9MOrP0dPZ1.jpg)
_I03vxeinMP.jpg)
_mYcvtFH6Oq.jpg)
_sSmq8srwPK.jpg)
_5aBn44RcGo.jpg)
_BmKQ7zHsBe.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण