माओवादी,रास्वपा र राजावादी समूहको काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन

काठमाडौँ । शनिवार काठमाडौँमा दुई राजनीतिक दलका साथै राजावादी समूहले सडक प्रदर्शन गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्दैछ ।
बिहान साढे ११ बजे माओवादीका कार्यकर्ताहरूले भद्रकाली, सुन्धारा, काठमाडौँ मल अगाडि भेला भई ती स्थानबाट जुलुस निकाल्दैछन् । जुलुसले रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकसम्म प्रदर्शन गर्ने तयारी छ ।
राष्ट्रिय सभागृह अगाडिको सडकमा सभास्थल बनाइएको छ । जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलका सभापति रवि लामिछानेलाई सरकारले झुठा मुद्दामा फसाएको भन्दै कीर्तिपुरस्थित त्रिवि गेट अगाडि केन्द्रित भई विरोध प्रदर्शन गर्दैछ । आजै सो दलले पोखरा र भरतपुर चितवनमा पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।
यस्तै आजै काठमाडौँमा राजावादी समूह ‘शाही युवा शक्ति, नेपाल’ ले गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासन राख्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्यालीको आयोजना गर्दैछ ।
‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ, ज्ञानेन्द्र सरकारको तेस्रो पटक राज्यारोहणका लागि जनदबाब सिर्जना गरौँ’ भन्ने नाराका साथ हुने यो र्यालीमा राष्ट्रिय झन्डासहित विरोध र्याली हुँदैछ । गोङ्गबु बसपार्कबाट र्याली सुरु गरी नारायणहिटी राजदरबारसम्म प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म