माओवादी,रास्वपा र राजावादी समूहको काठमाडौँमा छुट्टाछुट्टै विरोध प्रदर्शन
काठमाडौँ । शनिवार काठमाडौँमा दुई राजनीतिक दलका साथै राजावादी समूहले सडक प्रदर्शन गर्दैछन् । नेकपा माओवादी केन्द्रले सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध विशेष ‘खबरदारी सभा’ गर्दैछ ।
बिहान साढे ११ बजे माओवादीका कार्यकर्ताहरूले भद्रकाली, सुन्धारा, काठमाडौँ मल अगाडि भेला भई ती स्थानबाट जुलुस निकाल्दैछन् । जुलुसले रत्नपार्क, बागबजार, पुतलीसडक, र पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकसम्म प्रदर्शन गर्ने तयारी छ ।
राष्ट्रिय सभागृह अगाडिको सडकमा सभास्थल बनाइएको छ । जहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलका सभापति रवि लामिछानेलाई सरकारले झुठा मुद्दामा फसाएको भन्दै कीर्तिपुरस्थित त्रिवि गेट अगाडि केन्द्रित भई विरोध प्रदर्शन गर्दैछ । आजै सो दलले पोखरा र भरतपुर चितवनमा पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ ।
यस्तै आजै काठमाडौँमा राजावादी समूह ‘शाही युवा शक्ति, नेपाल’ ले गणतन्त्रको विरुद्धमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासन राख्न आह्वान गर्दै गोङ्गबु बसपार्कबाट नारायणहिटी राजदरबारसम्म र्यालीको आयोजना गर्दैछ ।
‘गणतान्त्रिक व्यवस्था खारेज गरौँ, ज्ञानेन्द्र सरकारको तेस्रो पटक राज्यारोहणका लागि जनदबाब सिर्जना गरौँ’ भन्ने नाराका साथ हुने यो र्यालीमा राष्ट्रिय झन्डासहित विरोध र्याली हुँदैछ । गोङ्गबु बसपार्कबाट र्याली सुरु गरी नारायणहिटी राजदरबारसम्म प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण