रातको १२ बजे दलालहरूको घरमा बनेको सरकारले सय दिनमा प्रमाणित गर्यो : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको सरकारले सय दिन नपुग्दै आफूलाई प्रमाणित गरेको आरोप लगाएका छन् ।
शनिवार माओवादी केन्द्रले सरकारविरुद्ध काठमाडौँमा गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले यो सरकार सुशासन विरुद्ध, भ्रष्टाचारीलाई बचाउन, रातको १२ बजे दलालहरूको घरमा गएर बनेकोमा जे चिन्ता गरिएको थियो त्यसलाई सय दिनमा सरकारले आफैँले पुष्टि गरेको टिप्पणी गरे ।
माओवादी केन्द्रले खबरदारी सभा गर्न लागेपछि सत्ता गठबन्धनले लोकतन्त्र विरोधी गतिविधि भन्दै ७ बुँदे विज्ञप्ति निकालेको उल्लेख गर्दै सरकार ढाल्नका लागि यो खबरदारी सभा नगरेको बताउँदै उनले भ्रष्टाचारी संरक्षण गर्नतिर नलाग्न आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भने– ‘यो सरकार बनेकोमा हामी र हाम्रो दललाई कुनै चिन्ता छैन । सरकार नयाँ बन्यो भन्ने चिन्ता होइन । सरकार के का निम्ति बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, भ्रष्टाचारीहरू बचाउन बन्यो । यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जाल झेल र षडयन्त्रबाट बन्यो । यो सरकार दलालहरूको घर घरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो भनेर मैले संसदमा भनेको थिएँ, सय दिन पुग्दा नपुग्दै हामीले प्रतिनिधिसभामा जे चिन्ता गरेका थियौँ, त्यो सरकारले प्रमाणित गरेको छ ।’
यो सरकार पुरै चलोस् भन्ने आफ्नो भनाई रहे पनि भ्रटाचारीलाई संरक्षण गर्दा आफैँ कुहिएर झर्ने बताउँदै माओवादीलाई दोष दिन नपाउने प्रचण्डले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण