ज्ञानेन्द्र शाहलाई भेटेको हल्लाको प्रचण्डद्वारा खण्डन

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिवार काठमाडौँमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वराजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताएका छन् ।
उनले रवीन्द्र मिश्रलाई भेटेपछि पूर्वराजासँग भेटेको भनेर भ्रामक हल्ला फैलाएको भन्दै आपत्ति जनाए ।
उनले आफूलाई बदनाम गर्न यस्ता कुरा ल्याएको बताउँदै भने– ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन् । म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बिच बाटोबाट फर्केको सुनेको छु, मैले भेटेको छैन’– अध्यक्ष प्रचण्डले भने– ‘जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भनेको भन्नु सही होला ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द