अध्यक्ष प्रचण्डले भने- भाटभटेनी प्रचण्डको हो भन्ने भ्रम हट्यो
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाटभटेनीमा प्रचण्डको सेयर नरहेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्ट पारिसकेको बताएका छन् । शनिवार माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भाटभटेनीमा प्रचण्डको सेयर हो भनी धेरैले भ्रम फैलाएका थिए, तर अहिले आएर प्रधानमन्त्री अोलीले स्पष्ट गरिसकेको बताए ।
आफ्नो नेतृत्वको सरकारले भाटभटेनीका मालिकलाई कारबाही गरेको थियो तर अहिले प्रधानमन्त्री ओलीले त्यसलाई संरक्षण गरेका कारण अोली पनि भ्रष्टाचारी रहेको दाबी गरे । उनले भने, ‘यो सरकारले यस्ता धेरै काम गरेका छन् हाम्रो लागि राम्रो भइरहेको छ ।’
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग एमालेले पार्टी कार्यालय निर्माणका लागि जग्गा उपहार लिएको छ । सो जग्गा लिएपछि अहिले प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । प्रचण्ड नेतृत्व सरकारको पालामा बालुवाटारको ललिता निवासको जग्गा खरिद गरेको प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परी छुटेका थिए । यसपछि उनी विवाद र चर्चाको पात्र बनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण