अध्यक्ष प्रचण्डले भने- भाटभटेनी प्रचण्डको हो भन्ने भ्रम हट्यो

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाटभटेनीमा प्रचण्डको सेयर नरहेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्ट पारिसकेको बताएका छन् । शनिवार माओवादीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले भाटभटेनीमा प्रचण्डको सेयर हो भनी धेरैले भ्रम फैलाएका थिए, तर अहिले आएर प्रधानमन्त्री अोलीले स्पष्ट गरिसकेको बताए ।
आफ्नो नेतृत्वको सरकारले भाटभटेनीका मालिकलाई कारबाही गरेको थियो तर अहिले प्रधानमन्त्री ओलीले त्यसलाई संरक्षण गरेका कारण अोली पनि भ्रष्टाचारी रहेको दाबी गरे । उनले भने, ‘यो सरकारले यस्ता धेरै काम गरेका छन् हाम्रो लागि राम्रो भइरहेको छ ।’
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग एमालेले पार्टी कार्यालय निर्माणका लागि जग्गा उपहार लिएको छ । सो जग्गा लिएपछि अहिले प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । प्रचण्ड नेतृत्व सरकारको पालामा बालुवाटारको ललिता निवासको जग्गा खरिद गरेको प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परी छुटेका थिए । यसपछि उनी विवाद र चर्चाको पात्र बनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’