आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एकताका दिन मार्गनिर्देशक गायव !

शुक्रबार, ०४ जेठ २०७५, १३ : २९
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं– जेठ ४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विधिवत रूपमा पार्टी एकता भएको छ । 

करिब करिब ८ महिनाको रस्साकस्सीपछि एकता भएको छ । 

एकताका लागि कहिले सामूहिक त कहिले वान टु वान वार्ता गरे । 

गत आसोज १७ गते पार्टी एकता गर्ने र तत्काललाई चुनावमा मोर्चा बनाएर यात्रा सुरु गरेका दुई पार्टी एकता भएका छन् । 

लामो छलफल बहस र आरोप प्रत्यारोपपछि भएको एकता नेपालको इतिहासमा महत्वपूर्ण छ ।

२०१९ सालबाट फुटको विधिवत  सुरुवात भएको छ । 

यो बीचमा नेपालमा धेरै पार्टीहरू जन्मे । 

कैयौँ पार्टीहरू एकतामा आए । 

पार्टीको एकता हुनमा पनि धेरै लामो प्रक्रिया लाग्छ ।

 विचार, सङ्गठन र राजनीतिमा छलफल  नै नभएर केही नेताहरूको चाहनाले पार्टी एकता भएको दुवै पार्टीका नेताहरू नै बताउँछन् । 

तेस्रो महाधिवेशनबाट फुट सुरु भए पनि कम्युनिस्टहरू कहिले कार्यगत एकता त कहिले पार्टी एकता गर्ने प्रक्रिया भने जारी रह्यो । 

विभाजित पार्टीहरूले यही तेस्रो महाधिवेशनलाई नै गणना गर्ने गरेका पाइन्छ । 

उसो त पञ्चायतले २०१७ सालमा नै नेपालका कम्युनिस्टमाथि प्रतिबन्ध लगाएपछि मतमतान्तर बढ्न सुरु भएको देखिन्छ । यी मतमतान्तर नै कालान्तरमा गएर विभाजनका विषय बने । 

विभाजनको ६४ वर्षपछि दुई ठूला संसदीय कम्युनिस्ट पार्टीले एकता गरेका छन् । यो एकताको कम आलोचना र धेरै समर्थन भएको छ । 

पार्टी एकताको घोषण गर्ने राष्ट्रिय सभागृह बिहानबाटै भरिभराउ भएको थियो । नेपालको राजनीति इतिहासमा यति ठूला कम्युनिस्ट पार्टी मिलेको इतिहास छैन । 

िवभाजनको इतिहास बढी लामो छ । 

जे भए पनि नेपालको कम्युनिस्ट इतिहासमा हिजोको दिन धेरै नेता कार्यकर्ताका लागि खुशीको दिन नै थियो । 

नेताहरू बालुवाटारमा छलफलमा हुँदा नै सभागृहभरी भराउ भएको थिए । 

यो लामो समय विभाजन मात्र भोगेका देखेका कम्युनिस्टका कार्यकर्ताका लागि खुशीको कुरा थियो । सभाहल मात्र होइन, हिजो सभागृहको चौर पनि भरीभराउ थियो । 

जब कि चौरीमा एउटासम्म डिस्प्ले लगाइएको थिएन । गत वैशाख ९ गते दुई ठाउँमा लगाएको थियो । हिजो साउन्ड मात्र सुनेर पनि एकताको सन्देश सुनेर बसे । त्यो पनि उत्साहका साथ ।

हिजो सभाहलभित्र र बाहिरको माहोल हेर्दा लाग्छ, एकताको सन्देशमा नेता कार्यकर्ताहरूले माक्र्स, एङ्गेल्स र लेनिनलाई नै बिर्सेछन् । नेता कार्यकर्ताहरूले नै प्रश्न नगरेपछि मञ्चमा बसेका नेताहरूले किन यो विषयमा बहस गर्थे । 

तैँ चुप मै चुपमा सकियो एकताको सन्देश दिने सभा । अथाव कसैका फोटाविना नै सकियो एकताको महान कार्य । 

एकताको ६ बुँदे घोषणापत्रको ४ नं. बुँदामा भनेको छ हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने छ । 

जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र सामूहिक नेतृत्व एवम् व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टी निर्माण र सञ्चालन हुने छ । 

जुन पार्टीको मार्गदर्शक सिद्धान्त नै माक्र्सवाद र लेनिनवाद हुन्छ । त्यो पार्टीले आफ्नो कार्यक्रममा माक्र्स लेनिनका तस्बिर ब्यानरमा किन राखेन । यो विषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले ‘हतारमा भएकाले यो कुरा छुट्न गएको हुन सक्छ । जानेर केही यस्तो नभएको बताए ।’ 

जब कि जनवादी केन्द्रीयतामा चल्ने भनेको पार्टीको काम कारवाही जाँचबुझ  हुनुपर्ने हो । तर यहाँ त जसले काम ग¥यो, त्यसको काममाथि कसैले प्रश्न नै नउठाउने प्रवृत्ति हावी रहेको देखियो । २ गते नै पार्र्टी एकता गर्न टुङ्गोमा पुगेका नेताहरूलाई ब्यानर पु¥याउन समय पुगेन भन्नु कतिको सान्दर्भिक होला ? आफैमा गम्भीर कुरा हो । 

आफ्ना लागि कमा र फुलिस्टपसम्म नछोड्ने नेताहरू माक्र्स, एङ्गेल्स र लेनिनका फोटा भने मूल ब्यानरमा पनि छाप्न बिर्सन्छन् । 

यो भनेको विचारमा नै समस्या हो कि  ?  

जब कि नेकपाको स्थापना दिवसको दिन लेनिनको फोटो ब्यानरमा नराखेको भन्दै ४ घण्टासम्म कार्यक्रम स्थगित गरेका माओवादीको भातृसङ्गठन वाईसीएलका कार्यकर्ताले पनि पार्टी एकतामा हसिँया हतौडा मात्र भएको ब्यानरमा कुनै असहमति जनाएनन् । 

वाईसीएलका महासचिव सुबोध सिर्पालीले भने ‘हामीले यो विषयमा कुरा उठाएका हौँ तर प्राविधिक मिस्टेक भनेर जवाफ आएपछि हामीले पनि खासै खोजीनीति गरेनौँ ।’ 

मदन–आश्रित स्मृति दिवस ब्यानरमा मदन भण्डारी र जीवराज आश्रितको फोटा हुने तर जसको विचार बोकेर राजनीति गरिरहेका छन् तिनै नेताहरूको फोटासम्म राखेर कार्यक्रम गर्न चाहेन नयाँ पार्टी बनाउनेहरूले । 

आम नेता तथा कार्यकर्ताको मनमा एउटा प्रश्न उब्जेको छ । नयाँ बनेको पार्टीको ब्यानर र कार्यालयमा अब माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर होलान् अथवा न होलान् ? यदि भएन भने कुनै नेता कार्यकर्ताले यसबारेमा प्रश्न उठाउलान्  नउठाउलान्, त्यो भने हेर्न बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप