साफ महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भिड्दै नेपाल–भारत
आइतबार, ११ कात्तिक २०८१, ०८ : २६
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बङ्गलादेश र भुटानबिच दिउँसो साढे १ बजे दशरथ रङ्गशालामा हुने छ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबिच साँझ साढे ५ बजेदेखि सुरु हुने छ। समूह ए बाट बङ्गलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् ।
नेपाल पहिलो पटक साफ वुमन्स च्याम्पियनसिपको उपाधि जित्ने दाउमा रहेको छ । समूह चरणमा श्रीलङ्कालाई हराउँदै नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो ।
नेपाल अहिलेसम्म भएको सातै संस्करणको सेमिफाइनलमा पुगेको छ । नेपाल ५ पटकको उपविजेता राष्ट्र हो । ४ पटक फाइनलमा नेपाल भारतसँग र १ पटक बङ्गलादेशसँग हारेको छ । उही चिरप्रतिद्वन्द्वी भारतलाई नेपालले सेमिफाइनलमा प्रतिद्वन्दीको रूपमा पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण