वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
आइतबार, ११ कात्तिक २०८१, ०८ : ५५
वीरगञ्ज । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आवको तीन महिनामा रु एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् ।
गत आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार बराबरका सामान आयात भएका थिए ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवको तीन महिनामा वर्षाका कारण आयातमा केही कमी आएको हो । तीन महिनामा समग्रमा राजस्व सङ्कलन भने बढेको छ ।
चालु आवको तीन महिनामा वीरगञ्जबाट रु सात अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरका उत्पादन विदेश निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार मूल्य बराबरका सामान निर्यात भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण