सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, ११ कात्तिक २०८१, १२ : ३६
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
यसअघि कात्तिक ७ गते सुनको मूल्य १ लाख ६६ हजार ७०० रुपैयाँसम्म पुगेकोमा त्यसपछिका दुई दिन १ लाख ६६ हजार कायम भएको थियो । आइतबार फेरि मूल्य १ हजार ४०० रुपैयाँ बढेर रेकर्ड कायम हुन पुगेको हो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको कारोबारमा चाँदीको मूल्य २ हजार ७० रुपैयाँ कायम भएकोमा आइतबार १५ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण