तिहारलगत्तै पाँच सय अस्थायी टहरा निर्माण गर्ने तरुण दलको तयारी
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रे र ललितपुरको विभिन्न ठाउँमा अस्थायी टहरा निर्माण गर्ने भएको छ ।
केन्द्रीय अध्यक्ष विद्वान गुरुङले केही समय अघिको बाढी पहिरोबाट पीडित बनेकाहरूका लागि तरुण दलले अस्थायी टहरो बनाउने तयारी भएको जानकारी दिए । गुरुङले तिहार लगत्तै काभ्रे र ललितपुरको विभिन्न ठाउँमा अस्थायी टहरा निर्माणको काम अघि बढाइने बताए ।
केन्द्रीय सदस्य दीपेन्द्र पोखरेलका अनुसार तरुण दलले काभ्रे र ललितपुर दुई ठाउँमा करिब पाँच सय अस्थायी टहरा निर्माण गर्ने लक्ष्य लिएको छ । निर्माण थालनी गरेको १ महिना भित्र अस्थायी टहरा बनाउने तयारीमा आफूहरू रहेको उनको भनाई छ । यसका लागि वाग्मती प्रदेश सरकार र कांग्रेसबाट विजयी भएका स्थानीय सरकारहरूसँग सहयोग माग गरेर स्रोत जुटाउने तयारी तरुण दलको छ ।
यसैक्रममा तरुण दलले शनिबार ७२ औँ स्थापना दिवसको अवसर पारी कीर्तिपुर नगरपालिका वार्ड न.६ मा रहेको सामुदायिक वनमा वृक्षारोपण कार्य पनि सम्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण