शोभितासँग बिहे गर्नुअघि नागा चैतन्यले मेटाए सामन्थासँगको अन्तिम तस्बिर पनि
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति तथा अभिनेता नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् र उनीहरू अहिले बिहेको तयारीमा छन् । नागाले सम्बन्ध विच्छेदपछि सामन्थासँगका एउटा बाहेक सबै तस्बिरहरू डिलिट गरेका थिए । यस विषयमा नागालाई बारम्बार ट्रोल पनि गरिएको थियो । यसैबिच, अब अभिनेताले यो अन्तिम तस्बिर पनि डिलिट गरिदिएका छन् ।
- तस्बिरको क्याप्सनले बढाएको थियो आक्रोश
यो तस्बिर सन २०१८ को हो जसमा नागा चैतन्य र सामन्था रुथ प्रभुले रातो रेस कारमा सँगै पोज दिएका थिएन । यो तस्बिर देखेर फ्यानहरु निकै आक्रोशित भएका थिए । फोटोको क्याप्सनले ट्रोलरहरूको आक्रोश बढाएको थियो । तस्बिरको क्याप्सनमा ‘मिसेस एन्ड द गर्लफ्रेन्ड’ लेखिएको थियो । शोभितासँग इन्गेजमेन्ट भएपछि नेटिजन्सले यो फोटो डिलिट गर्न अभिनेतालाई आग्रह गरेका थिए ।
‘तपाईंले स्यामका तस्बिरहरू डिलिट गर्नुभयो र उनलाई इन्स्टा र एक्समा अनफलो गर्नुभयो । यो तस्बिर किन नहटाएको ?’ पोस्टमा कमेन्ट गर्दै एक फ्यानले लेखेका थिए । अर्का एक जनाले ‘स्याम यो भन्दा राम्रो साथीको हकदार छिन्, पोस्ट हटाउनुस्’ भनेर लेखेका थिए । अर्को कमेन्टमा ‘तपाईँको अर्कै केटीसँग इन्गेजमेन्ट भइसक्यो, यो तस्बिर हटाइदिनुस्’ भनेर भनिएको थियो ।
उक्त पोस्टमा यस्तै खालका कमेन्टको बाढी आए पनि उनले सन् २०१८ को सो पोस्ट हटाएका थिएनन् । तर शोभिता धुलिपलासँग बिहे गर्नुअघि अभिनेताले सामन्थासँगको यो अन्तिम तस्बिर पनि डिलिट गरिसकेका छन् । अभिनेताको एकाउन्टमा फिल्मको पोस्टरमा सामान्था बाँकी छिन् ।
- छिट्टै विवाह बन्धनमा बाँधिदैछन् नागा–शोभिता
नागा चैतन्यले ८ अगस्टमा ‘मेड इन हेभन’ स्टार शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका थिए । चार वर्षसम्म बिहेको बन्धनमा बाँधिएपछि चैतन्य सन् २०२१ मा सामन्था रुथ प्रभुसँग छुट्टिएका
थिए । मिडिया रिपोर्टका अनुसार नागा चैतन्य र शोभिताले यही जाडो याममा विवाह गर्ने योजना बनाएका छन् । यद्यपि, दुबैका परिवारका कुनै पनि सदस्यले यी खबरको पुष्टि गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण