जेन जी मतदाता फकाउन ह्यारिसले के भनिन् ?
वासिङटन डीसी । नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले चुनावी अभियानमा फिलाडेल्फियामा एक र्यालीलाई सम्बोधन गरेकी छिन् । र्यालीमा ह्यारिसले विशेष गरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदातालाई प्रभावमा लिने प्रयास गरेकी थिइन् ।
यसबाहेक उनले जेन जी पुस्तालाई पनि फकाउने कोसिस गरिन् । यस क्रममा उनले आफूलाई परिवर्तन ल्याउन निकै उत्सुक भइरहेको सो पुस्ताको बानी निकै मनपरेको भनेर भनेकी थिइन् ।
आजका युवा अमेरिकी मतदाताहरूले बारम्बार गोलीबारीका घटनाहरू र जलवायु सङ्कट जस्ता समस्याहरू बुझेको पनि उनले बताइन् । जेन पुस्ता आफ्ना आमा र हजुरआमाको पुस्ताभन्दा कम अधिकारका साथ बाँचिरहेका छन् र हुर्किरहेको पनि उनको भनाइ थियो । ह्यारिसले यो मुद्दा राजनीतिक मात्र नभएर जनताको जीवनसँग जोडिएको पनि बताइन\ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण