पर्वतको नागढुंगा सहकारीबाट ५ करोड अपचलन, अध्यक्ष र व्यवस्थापक फरार
पोखरा । पर्वतको फलेवासस्थित नागढुंगा सहकारीको रकम पनि अपचलन भएको पुष्टि भएको छ । सञ्चालक समिति मिलेर उक्त सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिनबाट पुष्टि भएको हो ।
विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड ८० लाख हिनामिना भएको हो । अहिले सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार छन् ।
कोषाध्यक्ष दीर्घनारायण शर्मा भने पक्राउ परिसकेका पर्वत प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरी कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
सहकारी रजिस्टारको कार्यालय गण्डकीले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा साढे ६ सय हाराहारी बचतकर्ता छन् ।
छानबिनबाट बदमासी भएको देखिएपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भैसकेको छ । प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेस गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण