स्पष्टीकरण बुझाउने अन्तिम दिन भीम रावलले भने– अध्ययनमै छु
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पार्टीले सोधेको स्पष्टीकरणपत्र बुझाइनसकेको बताएका छन् । पार्टीले ७ दिनको म्याद दिएर सोधेको स्पष्टीकरणपत्रको जवाफ बुझाउने अन्तिम दिन सोमबार भएपनि रावलले अझैसम्म पार्टी कार्यालयमा नपठाएका हुन् ।
सोमबार दिउँसो ४ बजे रातोपाटीको सम्पर्कमा आएका रावलले आफूले स्पष्टीकरण बुझाइनसकेको र अध्ययनमै रहेको बताए । ‘म यो विषयमा अध्ययनमै छु । बुझाइसकेको छैन’, उनले भने ।
व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान दिएको विषयमा नकारात्मक टिप्पणी गरेको भन्दै एमाले सचिवालय बैठकको निर्णय अनुसार कात्तिक ६ गते रावलसहित स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण दिन ७ दिनको म्याद दिएर महासचिव शंकर पोखरेलले पत्राचार गरेका थिए । जुन स्पष्टीकरणको जवाफ पाण्डे र तिम्सेनाले भने दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण