पर्यटनमा लगानीको वातावरण बनाउँछौँ, सहयोग गर्नुहोस् : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रमा नीतिगत र संरचनागत सुधारका लागि थुप्रै ऐनहरू संशोधनको गृहकार्य भइरहेको बताएका छन् ।
गैरआवासीय नेपाली संघको आइतबारबाट सुरु वार्षिक साधारणसभाको दोस्रा दिन सोमबार राजधानीमा आयोजित ग्लोबल कन्केल्भ २०२४ लाई सम्बोधन गर्ने क्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा लगानीका लागि सरकारले सबै वातावरण बनाउने प्रतिबद्धता पनि जनाए । 'पर्यटन क्षेत्रमा लगानीको वातावरण हामीले बनाइदिन्छौँ । संस्कृति र नागरिक उड्डयनको क्षेत्रमा सुधार गर्छौं । तपाईँहरूले सहयोग गर्नुहोस् । लगानीमैत्री वातावरणको भाष्य बनाउन जरुरी छ । देशभित्र र बाहिरका लगानीकर्तालाई वातावरण दिन जरुरी छ,’ उनले भने ।
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत हिसाबले सुधार गर्न कानुनका थुप्रै समसामयिक मस्यौदा तयार पारेको भन्दै संसद्को आगामी अधिवेशनबाट ऐन ल्याउने उनले बताए ।
उनले नेपालको संस्कृति र प्रकृति सम्पदाले भरिपूर्ण रहेको र नागरिक उड्डययनका क्षेत्रमा समेत अनन्त सम्भावना रहेको मन्त्री पाण्डेले बताए । 'नेपाली आकाश सुरक्षित छ भन्ने देखाउनु छ । ईयूले असुरक्षित भनेको छ । सुरक्षित, गतिशील, सुचारु आकाश देखाउन सक्यौँ भने देशभित्र र बाहिरका पर्यटक आउन सक्छन्,’ उनले भने ।
पर्यटनको क्षेत्रमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता सरकारले बोध गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण