निगमको जहाजबाट टिकापुर विमानस्थलमा परीक्षण उडान, नियमित उडान कहिले ?
काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को जहाजबाट सोमबार टिकापुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ ।
निगमको जहाज ९एन–एबीयूबाट कैलालीको उक्त विमानस्थलमा परीक्षण उडान गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनका अनुसार परीक्षण उडानको लागि जहाज नेपालगञ्जबाट स्थानीय समय अनुसार अपराह्न १२ः४५ मा उडान भरी १३ः१५ मा टिकापुर विमानस्थलमा अवतरण भएको थियो । उक्त परीक्षण उडानमा नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूको संयुक्त टोली सम्मिलित रहेको उनले बताए ।
निगमले जहाजको उपलब्धता भएसँगै नेपालगन्ज–टिकापुर–नेपालगन्ज सेक्टरमा यथासक्य चाँडै नियमित उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष निर्देशन रहेको पौडेलको भनाइ छ ।
परीक्षण उडान हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण