निगमको जहाजबाट टिकापुर विमानस्थलमा परीक्षण उडान, नियमित उडान कहिले ?

काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को जहाजबाट सोमबार टिकापुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ ।
निगमको जहाज ९एन–एबीयूबाट कैलालीको उक्त विमानस्थलमा परीक्षण उडान गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
उनका अनुसार परीक्षण उडानको लागि जहाज नेपालगञ्जबाट स्थानीय समय अनुसार अपराह्न १२ः४५ मा उडान भरी १३ः१५ मा टिकापुर विमानस्थलमा अवतरण भएको थियो । उक्त परीक्षण उडानमा नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूको संयुक्त टोली सम्मिलित रहेको उनले बताए ।
निगमले जहाजको उपलब्धता भएसँगै नेपालगन्ज–टिकापुर–नेपालगन्ज सेक्टरमा यथासक्य चाँडै नियमित उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष निर्देशन रहेको पौडेलको भनाइ छ ।
परीक्षण उडान हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?