बारम्बार बमको हल्लापछि क्यानले भारतीय पक्षसँग गर्यो यस्तो आग्रह
काठमाडौँ । भारतबाट आएका विमानमा बम राखिएको भन्दै बारम्बार धम्कीपूर्ण सूचना आउन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भारतीय पक्षसँग चासो देखाएको छ । क्यानले नियामक संस्थामार्फत् समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गरेको हो ।
सोमबार एयर इन्डियाको विमानमा बम राखिएको भन्ने सूचना आएसँगै बोर्डिङ पास भएर उड्न तयार विमान २ घण्टाभन्दा बढी समयसम्म रोकिएको थियो । केही दिनअघि पनि यस्तै घटना भएको थियो । नेपाल आउनु मात्रै नभएर भारतबाट विभिन्न मुलुक जाने विमानमा समेत यस्तै गलत अफवाह फैलाइएको थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भारतीय विमान कम्पनीका जहाजलाई लक्षित गर्दै धम्की आउने गरेको देखिएकोले विभिन्न औपचारिक तथा अनौपचारिक माध्यमबाट यस्तो आग्रह गरिएको बताए ।
‘समस्या यता होइन उताबाट देखियो, हामीले गर्नसक्ने ठाउँ पनि केही छैन । तर बारम्बार यसरी घण्टौँसम्म जहाज रोकेर राख्ने अवस्था भयो । त्यसैले गलत सूचना दिनेको पहिचान गरेर कारबाही गर्न भनेका हौ,’ भुलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण