विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्नुपर्छ : मन्त्री पाण्डे
ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्नुपर्नेमा जोड दिएका छन् ।
पाटन संग्राहलयको २७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्दै एकपटक नेपाल नआएका मानिसलाई खुला सम्पदाको देश जानुपर्छ भन्ने भावना जगाउनुपर्ने बताए ।
'हाम्रा गौरवहरू सङ्ग्रहालयभित्र मात्रै सीमित छैनन्, हामीसँग हिमाल, पहाड तराई विविधतापूर्ण प्रकृति छ, संसारभर रहेका आठ हजारभन्दा माथि उचाइका चुलीहरू रहेका छन्, यी विषय संसारभर परिचित गराउनुछ,' मन्त्री पाण्डेले भने ।
उनले नेपालको आकाश सुरक्षित, सुचारू र गतिशील छ भन्ने पनि प्रत्याभूति गर्नुपर्ने दायित्व रहेको भन्दै मन्त्रालय त्यसतर्फ तदारुकताका साथ लागिरहेको प्रष्ट पारे ।
भूकम्पले क्षति पुर्याएका संरचना जस्ताको तस्तै नयाँ बनेको बताउँदै मन्त्री पाण्डेले पुरातात्विक हिसाबले हाम्रो कला संस्कृतिलाई नवनिर्मित संरचनाले निरन्तरता दिएको बताए । संस्कृति महाशाखा प्रमुख सुरेश सुरज श्रेष्ठले विविध विषयका सङ्ग्रहालयलाई समेट्ने र व्यवस्थित बनाउनुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय ऐनको प्रयास गरिरहेको बताए ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानले सङ्ग्रहालयसँग सम्बन्धित सामग्रीको सङ्कलन, प्रदर्शनी, सुरक्षा गर्ने कार्य, सूचना प्रवाह गर्ने, अध्ययन अनुसन्धानका काम व्यवस्थित गर्नेलगायतका काम गरेर राजस्व सङ्कलन गर्ने काम गरिरहेको पाटन दरबार सङ्ग्रहालयले उत्कृष्ट काम गरिरहेको बताए ।
पाटन दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक मञ्जुसिंह भण्डारीले मल्लकालीन, शाहकालीन र राणाकालीन सम्पदाको विशिष्टताले गर्दा सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण