पाकिस्तानी सिनेटका अध्यक्ष गिलानी र सांसद ढकालबिच भेटवार्ता
मङ्गलबार, १३ कात्तिक २०८१, १० : २२
काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल र पाकिस्तानबिच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
सांसद ढकालले इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिस (आइक्याप ) का सहअध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद र अन्य पाकिस्तानी नेताहरूसँग भेटवार्ता गरेका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य ढकाल अन्तर्राष्ट्रिय फौजदारी अदालत र कानुनको शासन सम्बन्धी १३ औँ संसदीय परामर्शदात्री सम्मेलनमा भाग लिन हाल पाकिस्तानमा छन् ।
परिवार दलका अध्यक्ष ढकालसँगै नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेल भ्रमणमा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण