ह्यारिसले ट्रम्पलाई दिइन् आईक्यू परीक्षणका लागि चुनौती
मङ्गलबार, १३ कात्तिक २०८१, १० : ४५
वासिङटन डीसी । अमेरिकाकी उप–राष्ट्रपति कमला ह्यारिसले मानसिक परीक्षणका लागि आफू तयार रहेको बताउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यस्तो परीक्षण गराउन चुनौती दिएकी छिन् ।
नोभेम्बर पाँचमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प उठेका छन् । डेमोक्रेटिक पार्टीले कमला ह्यारिसलाई उम्मेदवार बनाएको छ ।
यसैबिच ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताएका छन् । अमेरिकाको जर्जिया राज्यमा आयोजित फेथ समिटमा एक प्रश्नोत्तरको सत्रमा ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको र धर्म नै अमेरिकालाई जोडेर राख्ने कडी भएको बताएका थिए । यस क्रममा ट्रम्पले जुलाईमा आफूमाथि भएको आक्रमणको आफू अहिले यसरी बोल्न सक्नु चमत्कार भएको भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण