सांसद गौतमको प्रश्न: यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार?
मङ्गलबार, १३ कात्तिक २०८१, १३ : ४०
काठमाडौँ । रास्वपा सांसद सोवित गौतमले हिरासत बाहिर राखेर पार्टी सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न अनुरोध गरेकी छन् ।
बालुवाटारमा भएको सडक प्रदर्शनको क्रममा बोल्दै उनले आफूहरूले रवि लामिछानेलाई अनुसन्धान गर्न अवरोध नगरेको स्पष्ट पारिन् ।
तर उनले पुराना दलले कस्तो राजनीतिक संस्कार स्थापित गर्न खोजेको भन्दै प्रश्न समेत गरिन् । दलका नेतालाई इंगित गर्दै उनले ‘हजुरबुवा पुस्ता’ले यही हो राजनीतिक संस्कार सिकाउने भन्दै थप प्रश्न गरिन् ।
‘सरकार सहकारी पीडितको बचत फिर्ता गर्न चाहेको भए प्राधिकरण गठन गरेर अघि बढ्थ्यो‚’ उनले भनिन्‚‘तर रवि लामिछानेलाई जेलमा थुनेको छ । विधिको शासनमा सरकार माथि हुन्छ कि कानुन ? यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण