सांसद गौतमको प्रश्न: यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार?
मङ्गलबार, १३ कात्तिक २०८१, १३ : ४०

काठमाडौँ । रास्वपा सांसद सोवित गौतमले हिरासत बाहिर राखेर पार्टी सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न अनुरोध गरेकी छन् ।
बालुवाटारमा भएको सडक प्रदर्शनको क्रममा बोल्दै उनले आफूहरूले रवि लामिछानेलाई अनुसन्धान गर्न अवरोध नगरेको स्पष्ट पारिन् ।
तर उनले पुराना दलले कस्तो राजनीतिक संस्कार स्थापित गर्न खोजेको भन्दै प्रश्न समेत गरिन् । दलका नेतालाई इंगित गर्दै उनले ‘हजुरबुवा पुस्ता’ले यही हो राजनीतिक संस्कार सिकाउने भन्दै थप प्रश्न गरिन् ।
‘सरकार सहकारी पीडितको बचत फिर्ता गर्न चाहेको भए प्राधिकरण गठन गरेर अघि बढ्थ्यो‚’ उनले भनिन्‚‘तर रवि लामिछानेलाई जेलमा थुनेको छ । विधिको शासनमा सरकार माथि हुन्छ कि कानुन ? यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार?’