गृह मन्त्रालय र आन्दोलनरत रुबी खानबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित
मङ्गलबार, १३ कात्तिक २०८१, १७ : ०९
काठमाडौँ । गृह मन्त्रालय र निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयबिच ३ बुँदे सहमति भएको छ ।
सहमतिसँगै खानको जारी आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार खानसँग यसअघि भएको सहमति कार्यान्वयनका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने, आन्दोलनरत पक्ष र उनीहरूको सुरक्षा व्यवस्था मिलाउने जस्ता विषय समेटिएको छ ।
मंगलबार भएको बैठकपछि भएको सहमतिपत्रमा मन्त्रालयको तर्फबाट उपसचिव दिलकुमार तामाङ र खानले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण