राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
काठमाडौँ । आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरूले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा मनाइने यो दिवस यस वर्ष ‘स्वास्थ्य जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको मजबुत आधार’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आज आयोजित अन्तरक्रियामा बोल्दै विभागका महानिर्देशक डा प्रदीप केसीले भने, “हरेक नागरिकले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । अस्वस्थ जीवनशैलीले नसर्ने रोगहरू बढेका छन् । त्यसैले यो नारा हामीले रोजेका हौँ । स्वस्थ रहने, खानपिनमा ध्यान दिने, व्यायाम गर्ने कुरा सबैले बुझ्नुपर्छ ।”
उनले दिवसका अवसरमा देशभरका आयुर्वेद संस्था जस्तै सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुरलगायत विभिन्न आयुर्वेद अस्पतालमा विविध कार्यक्रम गरी मनाइने बताए ।
प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा विसं २०५६ देखि मनाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण