विपद् प्रभावित बेथानचोक गाउँपालिकालाई अष्ट्रेलियाबाट ३ लाख सहयोग
हेटौंडा । अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपद् प्रभावित बेथानचोक गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
बेथानचोक घर भएका अष्ट्रेलिया निवासी सुवोध अधिकारीको पहलमा अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिक समेतबाट संकलित ३ हजार १६८ डलर (३ लाख ९ सय ६० रुपैयाँ) बेथानचोक गाउँपालिकालाई सहयोग गरिएको हो ।
मंगलबार एक कार्यक्रमबिच स्थानीय पवन अधिकारी, शंकर पराजुलीले उक्त रकम गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
विपद् प्रभावित र जोखिम न्यूनीकरण तथा पुनः निर्माणका लागि सो सहयोग उपलब्ध गराइएको हो ।
सहयोग ग्रहण गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले बेथानचोकलाई पुरानै लयमा फर्काउने प्रतिबद्धता जनाए ।
हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पुरुषोतम तिमिल्सना, वडा नम्बर ३ का अध्यक्ष कुवेर ढकाल, प्रमुख प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण