त्रिविले अन्तिम वर्षको ब्याक पेपरको परीक्षा एक महिनाभित्रै गर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अन्तिम सेमेस्टर तथा अन्तिम वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई एक महिनाभित्रै मौका परीक्षा दिने भएको छ । दुई विषयसम्ममा अनुत्तीर्ण भएका विद्यार्थीलाई एक महिनाभित्रै मौका परीक्षा (ब्याक पेपर) दिने व्यवस्था गर्ने भएको हो ।
त्रिवि उपकुलपति प्राडा केसरजंग बरालले दुई पेपरसम्म लागेका विद्यार्थीलाई त्यही वर्ष बढीमा एक महिनाभित्र पुनः परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।
रातोपाटीसँग कुरा गर्दै उपकुलपति बरालले भने, ‘जुन विद्यार्थीहरू एक दुई पेपर लागेर अर्को एक वर्ष कुर्नुपर्ने हुन्छ नि त्यसको लागि हामीले नीतिगत निर्णय गरिसकेका छौँ । यसमा अन्तिम सेमेस्टर अथवा अन्तिम वर्षमा दुई पेपरसम्म लाग्छ नि त्यसको तुरुन्तै, नीतिगतमा १५ दिन भनेका भनेका छौँ तर, कार्यान्वयन गर्दा एक महिनाभित्रमा परीक्षा लिने र तुरुन्तै नजिता प्रकाशन गर्ने र त्यही वर्षभित्रमा फरदर एजुकेशन लिन पाउँछ ।’
स्नातक तह तेस्रो तथा चौथो वर्षको परीक्षामा दुई विषयसम्ममा अनुत्तीर्ण भएका विद्यार्थीहरूले समेत अर्को वर्षको परीक्षा कुर्नुपर्ने बाध्यता छ । त्यस्तो स्नातकोत्तर तह अन्तिम वर्ष तथा चौथो सेमेस्टरमा समेत अनु उत्तीर्ण भएका विद्यार्थी मौका परीक्षाका लागि अर्को वर्ष नै कुर्नुपर्ने बाध्यता छ ।
त्रिविले यस्तो बाध्यतालाई अन्त्य गर्दै परीक्षाको नतिजा आएको बढीमा एक महिनाभित्रमा ब्याक पेपरको परीक्षा गर्ने र तुरुन्तै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण