नेकपा संस्थापक कर्माचार्यको जन्म शतवार्षिकीको अवसरमा धनगढी आर्यघाट सरसफाइ
बुधबार, १४ कात्तिक २०८१, १० : १७
धनगढी । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्म शतवार्षिकीको अवसरमा आज धनगढी उपमहानगरपालिकास्थित आर्यघाट सरसफाइ गरिएको छ ।नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगर कमिटीले धनगढी उपमहानगरपालिका ९ स्थित त्रिवेणी आर्यघाट सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेशसिंह धामीलगायतको सहभागिता रहेको थियो ।
यसैबिच माओवादी केन्द्रले आज नै कर्माचार्यको शताब्दी वर्ष प्रारम्भ हुने सो अवसरमा धनगढीमा नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र हाम्रा कार्यभारहरू विषयक वैचारिक कार्यक्रम र ज्येष्ठ कम्युनिस्ट सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री धामीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण