अफागानी स्टार मोहम्मद नाबीको छोरा हसन चितवन राइनोजमा
काठमाडौँ । नेपाल क्रिकेट संघले निकट भविष्यमा आयोजना गर्न लागेको फ्रैन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा अफगानिस्तानका युवा ब्याट्सम्यान हसन इसाखाइलले चितवन राइनोजबाट खेल्ने भएका छन् ।
१८ वर्षीय हसन अफगानिस्तानका उदीयमान खेलाडी हुन् । उनले अफगानिस्तानका लागि सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका छैनन् । यी क्षमतावान किशोर खेलाडीले हालसम्म केवल १६ वटा टी–२० प्रतियोगिता खेलेका छन् ।
हसनले टी–२० प्रतियोगितामा कुल चार सय २६ रन बनाएका छन् । उनी अफगानिस्तानका प्रभावशाली खेलाडी मोहम्मद नाबीका छोरा हुन् । आगामी एनपीएलमा उनको आगमनले चितवन राइनोज उत्साही भएको क्लबले जनाएको छ ।
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् ।
हालै काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा चितवन राइनोजले तीनजना खेलाडीलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको थियो । चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषावकरलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, विपिन रावलका लागि चितवन राइनोजले आठ लाख रुपैयाँ खर्चिएको थियो । चितवन राइनोजले चारजना खेलाडीलाई भने पाँच–पाँच लाखमा किनेको थियो । चितवन राइनोजले पाँच–पाँच लाख रुपैयाँ खर्चिएको खेलाडी सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा हुन् ।
यसका अतिरिक्त चितवनले रञ्जित कुमारलाई तीन लाख र गौतम केसीलाई दुई लाख रुपैयाँमा खरिद गरेको थियो । अक्सनमा चितवन राइनोजले कुल ६३ लाख रुपैयाँ खर्चिएको थियो । उमेश पटवाल चितवन राइनोजका प्रमुख प्रशिक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण