क्वार्टरफाइनलमा पुग्न सकेन पाँचपटकको च्याम्पियन चेल्सी, न्युक्यासलसँग हार्यो
काठमाडौँ । चेल्सी इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । काराबाओ कपको बुधबार राति सम्पन्न चौथो चरणको खेलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई २–० गोलले हरायो ।
जितसँगै न्युक्यासल युनाइटेड प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भयो । घरेलु मैदानमा न्युक्यासल युनाइटेडले पहिलो हाफमै २–० गोलको अग्रता लिएको थियो । खेल सुरु भएको २३औँ मिनेटमा न्युक्यासल युनाइटेडका लागि एलेक्जेन्डर इशाकले पहिलो गोल गरेको थियो ।
प्रतिस्पर्धात्मक खेलको २६औँ मिनेटमा चेल्सीका एक्सल डिसासीबाट आत्मघाति गोल भएपछि न्युक्यासल युनाइटेड २–० ले अगाडि बढेको थियो । चेल्सी पाँचपटकको उपाधि विजेता क्लब हो । काराबाओ कपमा चेल्सी पाँचपटक उपविजेता पनि बनेको छ ।
चेल्सीले सन् २०१४–१४५ सिजनमा पछिल्लो पटक काराबाओ कपको उपाधि चुमेको थियो । चेल्सी प्रतियोगिताको साविक उपविजेता पनि हो । न्युक्यासल युनाइटेडले भने हालसम्म काराबाओ कपको उपाधि चुम्न सकेको छैन ।
न्युक्यासल युनाइटेड दुईपटक फाइनलमा पराजित भएको छ । पछिल्लो पटक सन् २०२२–२३ सिजनमा चेल्सी प्रतियोगिताको फाइनलमा पुगेको थियो । यसपटक लयमा देखिएको न्युक्यासल पहिलो उपाधि चुम्ने धुनमा रहेको छ । न्युक्यासलले अब ब्रेन्टफोर्डसँग क्वार्टरफाइनल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण