प्रशिक्षण पाठ्यसामग्री परिमार्जन गर्दै कांग्रेस
बिहीबार, १५ कात्तिक २०८१, २१ : २४

काठमाडौँ । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गर्न लागेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले हाल उपलब्ध प्रशिक्षण पाठ्य सामग्रीलाई परिमार्जन गर्न बिहीबार एक उपसमिति बनाएका छन् ।
उनले प्रतिष्ठानका कार्यकारी निर्देशक डा सुरेश आचार्यको संयोजकत्वमा डा जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल रहेको उपसमिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उपसमितिलाई कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुख समक्ष प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार