अमेरिकामा बसोबास गर्ने नेपालीले यसरी गरे लक्ष्मी पूजा (तस्बिरहरू)
अमेरिका । अमेरिकामा बसोबास गर्ने नेपालीले धूमधामसँग श्रद्धाभक्तिका साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा बिहीबार परेकोले धेरै जसो राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भई सकेको छ ।
अमेरिकाको केही राज्यका सहरहरूमा लक्ष्मी पूजा प्रारम्भ हुँदै गरेको अवस्था छ । अमेरिकामा नेपालमा जस्तै पूजा सामग्रीहरू प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलश, फलफूल, मिठाई लगायत सामग्रीहरू नेपाली समुदायले जुटाएका छन् ।
नेपालीहरूले आफ्ना घर आँगन अगाडी र कोठा भित्र पनि विभिन्न प्रकार र ढाँचाका रंगोली बनाई घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलिमिली बत्ती बाली घर उज्यालो पारेका छन् ।
आफन्त र आफ्ना परिवारबिच आवतजावत गर्न सुरु भएकोले नेपालीहरूको दोस्रो महान् चाड यस वर्ष तिहार उल्लासमय भएको छ । अमेरिकामा पनि आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अवीरले लक्ष्मीको पाइला बनाएका छन् ।
अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्तीमा बाल्ने भन्दा मैनबत्ती बाल्ने प्रचलन भएकोले मैन बत्तीको प्रयोग ज्यादा गरेका छन् ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ । लक्ष्मी पूजापछि कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ ।
विगत वर्षमा यस वर्ष पनि देउसी भैलो खेलिएको छ ।सुख सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनकामनासहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर ,सन्दुक ,सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्ने धार्मिक परम्परा रहेको छ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण