हात्तीको आक्रमणबाट रौतहटमा १ जनाको मृत्यु
शुक्रबार, १६ कात्तिक २०८१, ०९ : ३०
रौतहट । रौतहटको पश्चिम उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। फतुवा विजयपुर–११ बुट्वा राङि गाउँमा आज बिहान आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा वर्ष ७० कि पातली तामाङको मृत्यु भएको हो ।
हात्तीले मृतकको घरमा पूर्ण रूपमा क्षति पुर्याएको छ। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन्।
जङ्गली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान् भागेर ज्यान बचाएका थिए । हात्तीले एउटा अर्को घरमा पनि क्षति पुर्याएको इन्स्पेक्टर अधिकारीले जानकारी दिए। हाल नेपाल प्रहरी, डिवीजन वन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण