गौशालाको पसलमा आगलागी हुँदा ४ लाख क्षति
शुक्रबार, १६ कात्तिक २०८१, ११ : ३१

काठमाडौँ । काठमाडौँको गौशालास्थित राम मन्दिर क्षेत्रमा आगलागी भएको छ । काठमाडौँ–८ स्थित राम मन्दिर नजिकै चटपटे र किराना पसलमा गएराति आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
आगलागीका कारण करिब ४ लाख बराबरको धनमाल क्षति भएको आलकन गरिएको छ । गए राति आगलागी सुरु भएपछि माथिल्लो तलामा सुतिरहेका ७० वर्षीय सौभाग्य विक्रम शाहलाई गौशालाका डीएसपी सुकेदव खनाल नेतृत्वको टिमले उद्धार गरेको थियो ।
दीपावली गर्न बालिएको बत्तीबाट सुरु भएको आगो फैलिएर खाना पकाउने ग्याँस पड्किएको थियो । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको स्विट्जरल्यान्ड उपमा पाएको सुन्दर जिरी, २५ तस्बिरमा हेर्नुहोस्
-
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
-
संवैधानिक निकाय पदाधिकारीविहीन, कहाँ कहाँ छन् रिक्त ?
-
उत्तर प्रदेशमा आँधी र वर्षाका कारण ५१ जनाको मृत्यु
-
युवा सङ्घको महाधिवेशन आजदेखि, अध्यक्षमै रस्साकस्सी बढी
-
रुकुम पश्चिममा करेन्ट लागेर कर्मचारीको मृत्यु