गौशालाको पसलमा आगलागी हुँदा ४ लाख क्षति
शुक्रबार, १६ कात्तिक २०८१, ११ : ३१
काठमाडौँ । काठमाडौँको गौशालास्थित राम मन्दिर क्षेत्रमा आगलागी भएको छ । काठमाडौँ–८ स्थित राम मन्दिर नजिकै चटपटे र किराना पसलमा गएराति आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
आगलागीका कारण करिब ४ लाख बराबरको धनमाल क्षति भएको आलकन गरिएको छ । गए राति आगलागी सुरु भएपछि माथिल्लो तलामा सुतिरहेका ७० वर्षीय सौभाग्य विक्रम शाहलाई गौशालाका डीएसपी सुकेदव खनाल नेतृत्वको टिमले उद्धार गरेको थियो ।
दीपावली गर्न बालिएको बत्तीबाट सुरु भएको आगो फैलिएर खाना पकाउने ग्याँस पड्किएको थियो । दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण