नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगद १ लाख रूपैंयाँसहित सम्मान
काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगद १ लाख रूपैयाँसहित सम्मान गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनले कार्कीलाई सम्मान गरेको हो ।
पहिलोपटक राष्ट्रिय महिला फुटबल टिममा परेकी अमिषा कार्कीले फाइनलमा जित हात पार्न नसके पनि खुसि लाागेको बताइन् । ‘दुई वर्षपछि हुने महिला साफ च्याम्पियनसिपमा जित्छौं जस्तो लागेको छ’ कार्कीले भनिन्, ‘हामीलाई यसरी नै हौसला दिनुहोला ।’
एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । नेपाली युवालाई अमिषाको प्रदर्शनले
उत्प्रेरणा मिलेको संस्थाले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ।
अमिषाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन्। यद्यपि सोखेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । कार्कीले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४–२ गोलको जित निकालेको थियो।
सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण