सुदूरपश्चिम प्रदेशको तेस्रो जित, रोमाञ्चक खेलमा मधेस प्रदेशलाई हरायो
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ११ रनले हराएको हो ।
जारी प्रतियोगितामा चौथो खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो तेस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको थियो । सुदूरपश्चिम प्रदेशले आफ्नो दोस्रो खेलमा कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको थियो ।
बिहीबार सम्पन्न आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशको टोलीले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको थियो ।
यसैगरी, जारी प्रतियोगितामा आफ्नो चौथो खेल खेलेको मधेस प्रदेशको यो दोस्रो हार हो । मधेस प्रदेशले आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई २२ रनले हराएको थियो । मधेस प्रदेश आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेशसँग नौ विकेटले पराजित भएको थियो । मधेस प्रदेशले आफ्नो तेस्रो खेलमा भने बागमती प्रदेशलाई ४६ रनले हराएको थियो ।
शुक्रबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले ४२ ओभरमै अलआउट हुनुअघि एक सय १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले ४३.४ ओभरमा अलआउट हुनुअघि एक सय आठ रनमात्र बनाउन सक्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि नरेश भट्टले अविजित ४४ रनको योगदान गरेका थिए । युवराज खत्रीले २५ र आषिश लुहारले १० रन बनाएका थिए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा २२ रन पाएको थियो ।
मधेस प्रदेशका बलर अफरुद्दिन राइनले चार र रञ्जित कुमारले तीन विकेट लिएका थिए । ब्याटिङतर्फ मधेस प्रदेशका लागि मयान यादवले सर्वाधिक ४७ रन बनाए । अर्का ओपनर इमरान शेखले पनि टोलीको खातामा १० रन थपे । शैलेन्द्र साहले पनि १० रन बनाए । सुदूरपश्चिम प्रदेशका बलर नरेन साउदले चार विकेट लिए । हेमन्त धामीले पनि दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण