बढ्यो वायु प्रदूषण, तस्बिरहरू
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क (एअर क्वालिटी इन्डेक्स- एक्युआई) अस्वस्थकर भएको छ । भारत र पाकिस्तानका विभिन्न क्षेत्रमा बाली काटिसकेपछि खेतमै आगो लगाउँदा निस्किएको धुवाँ हावाको वेगसँग काठमाडौँ आइपुगेको र यहाँको तापक्रम घट्दा कणहरू वायुमण्डलमै रहेकाले पनि वायु प्रदूषण बढेको विज्ञहरूको दाबी छ ।
_3Orm3fDItn.jpg)
शनिवार बिहान ११ बजेर ३० मिनेट जाँदा काठमाडौँ स्थित अमेरिकी दूतावासको एअर पोलुसन स्टेसनका अनुसार काठमाडौँको एक्युआई १६५ छ अर्थात यहाँको वायुको गुणस्तर अस्वस्थकर रहेको छ ।
_ibgIK11W2T.jpg)
सामान्यतः एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ। ५१ देखि एक सयसम्मको एक्युआईलाई ‘होसियार रहूँ’ अथवा पहेँलो सङ्केतले चिनिन्छ। यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ।
१५१ देखि २०० सम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वथ मानिन्छ। काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ।
_M72QNS9y8c.jpg)
_25ckFKQws4.jpg)
_tMKlTIRerm.jpg)
_y8omiC8RkJ.jpg)
_HSMNg5oL2Y.jpg)
_OK86POzWQD.jpg)
_d9aWxYJ98Z.jpg)
_Dh8Hoihj7V.jpg)
_NPsB5dVDQB.jpg)
_76l4y94Uox.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण