करिब २ करोड ठगीमा संलग्न फरार दुई जना पक्राउ
शनिबार, १७ कात्तिक २०८१, १४ : १८
काठमाडौं । करिब २ करोड रुपैयाँ ठगेर फरार भएका दुई जना आरोपीलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–७ घर भएर काठमाडौँको टोखा बस्ने रमा ढकाल र नुवाकोटको तादी गाउँपालिका घर भएका रवि रिजाल छन् ।
उनीहरुलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । ३४ वर्षीया ढकाल र ३४ वर्षीय रिजालविरुद्ध १ करोड ९२ लाख २८ हजार ठगी गरेको कसुरमा नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
२०८१ साउन ४ मा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार थिए । उनीहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण