करिब २ करोड ठगीमा संलग्न फरार दुई जना पक्राउ
शनिबार, १७ कात्तिक २०८१, १४ : १८

काठमाडौं । करिब २ करोड रुपैयाँ ठगेर फरार भएका दुई जना आरोपीलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका–७ घर भएर काठमाडौँको टोखा बस्ने रमा ढकाल र नुवाकोटको तादी गाउँपालिका घर भएका रवि रिजाल छन् ।
उनीहरुलाई टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । ३४ वर्षीया ढकाल र ३४ वर्षीय रिजालविरुद्ध १ करोड ९२ लाख २८ हजार ठगी गरेको कसुरमा नवलपरासी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
२०८१ साउन ४ मा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार थिए । उनीहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य