अमेरिकासँग नेपालको लगातार दोस्रो हार
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । शनिबार भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र २ सय ४४ रनमा सीमित बनेको हो ।
नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए । उनले ८० बलको सामना गर्दै ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, सोमपाल कामीले २७ बलमा ४७ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहार गरे ।

कुशल मल्लले ३३ रन, दीपेन्द्र सिंह ऐरीले ३१ रन, कुशल भुर्तेलले २९ रन र आरिफ शेखले २१ रनको योगदान दिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्करले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ९.५ ओभरमा मात्र ४७ रन खर्चिए ।
त्यस्तै, साड्ली भान स्काल्कवाक र नोस्थुस केन्जिगेले २–२ विकेट हात पारे । जसदीप सिंह र हरमित सिंहले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । टोलीका साइतेजा मुकामालाले सर्वाधिक ७५ रनको योगदान दिए ।

कप्तान मोनांक पटेलले ६७ रनको शानदार इनिङ्स खेले भने हरमित सिंहले पनि ५९ रन जोडे । नेपालका लागि गुल्सन झाले १० ओभर बलिङ गर्दै ८७ रन खर्चेर ३ विकेट लिए ।
सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट हात पारे । कुशल भुर्तेलले एक विकेट लिए ।
जारी शृङ्खलामा अमेरिकाविरुद्ध नेपालको लगातार दोस्रो हार हो । पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले हराएको थियो ।
अब नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्याण्डको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण