बार्सिलोनालाई ९ अङ्कको अग्रता
बार्सिलोना । नयाँ प्रशिक्षक हान्सी फ्लीकको नेतृत्वमा उत्कृष्ट फर्म जारी राख्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ९ अङ्कको अग्रता बनाउन सफल भएको छ । आइतबार राति भएको खेलमा एस्पानियोललाई ३–१ गोलले हराउँदै टोलीले साबिक विजेता रियल मड्रिडलाई पछि छाड्न सफल भएको हो ।
गत हप्ता एल क्लासिकोमा रियलमाथि शानदार जित हात पारेको बार्साले एस्पानियोलविरुद्ध पनि उत्कृष्ट आक्रामक खेल प्रदर्शन गर्यो । युवा खेलाडी लामिन यामालको पासमा डानी ओल्मोले खेलको १२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए ।
२३ औँ मिनेटमा राफिन्हाले टोलीको अग्रता दोब्बर बनाए । ३१ औँ मिनेटमा ओल्मोले अर्को गोल थप्दै टोलीको अग्रता फराकिलो बनाए ।
दोस्रो हाफको ६३ औँ मिनेटमा कप्तान जाभी पोआडोले एस्पानियोलका लागि सान्त्वना गोल फर्काए । बार्सिलोनाको हाई लाइनका कारण एस्पानियोलको दुई गोल अफसाइडका कारण रद्द गरिएको थियो । टोलीले बार्साविरुद्ध लगातार २७ खेल जित्न सकेको छैन ।
यता फ्लीकको नेतृत्वमा बार्साले ला लिगामा १२ मध्ये ११ खेल जितेको छ । गत सेप्टेम्बर टोली ओसासुनासँग पराजित भए यता टोलीले सबै प्रतियोगितामा लगातार ६ खेल जितेको छ ।
आइतबार नै भएको अन्य खेलमा एट्लेटिको मड्रिडले लास पालमासलाई २–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण