युनाइटेड र चेल्सी रोकिए, स्पर्सको गोल वर्षा
लण्डन । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीले अङ्क बाँडेका छन् । आइतबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
अन्तरिम म्यानेजर रुड भान निस्टलरोयको नेतृत्वमा रहेको युनाइटेडले खेलको ७० औँ मिनेटमा अग्रता लिएको थियो । चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले रासमस होइलन्डलाई लडाएपछि पाएको पेनाल्टीलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गरे ।
तर, युनाइटेडको अग्रता धेरै समय टिक्न सकेन । चार मिनेटपछि मोइसस काइसेडोले उत्कृष्ट भलीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए ।
बराबरीपछि युनाइटेड १० खेलबाट १२ अङ्क बटुल्दै लिगको १३ औँ स्थानमा सीमित छ । समान खेल खेलेको चेल्सी १८ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ ।
आइतबार नै भएको अन्य खेलमा टोटनह्याम हटस्पर्सले एस्टन भिल्लामाथि ४–१ को शानदार जित निकाल्यो । टोलीको जितमा डोमिनिक सोलांकेले दुई गोल गरे ।

खेलमा अग्रता भने भिल्लाले लिएको थियो । मोर्गन रोजर्सले ३२ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा स्पर्सले गोलवर्षा गर्यो । ४९ औँ मिनेटमा ब्रेनन जोनसनले सन ह्युङ मिनको पासमा बराबरी गोल फर्काए । त्यसपछि ७५ औँ मिनेटमा सोलांकेले टोलीलाई अग्रता दिलाए ।
४ मिनेटपछि उनले दोस्रो गोल थपे । इन्जुरी समयमा जेम्स म्याडिसनले फ्रिककबाट शानदार गोल गर्दै टोलीलाई जित दिलाए ।
जितपछि स्पर्सको १६ अङ्क रहेको छ । टोली अङ्क तालिकाको सातौँ स्थानमा छ । भिल्ला १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण