पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ
सोमबार, १९ कात्तिक २०८१, ११ : २६
१

काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले सोमबार बिहान रातोपाटीलाई बताए ।
९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन