पूर्व मुमा बडामहारानी रत्न अस्वस्थ
सोमबार, १९ कात्तिक २०८१, ११ : २६
१
काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले सोमबार बिहान रातोपाटीलाई बताए ।
९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण