सुजाताले सार्वजनिक गरिन् शेखर र शशांकलाई सँगै राखेर भाइटिका लगाएको तस्बिर
सोमबार, १९ कात्तिक २०८१, १२ : १९
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले परिवारका सदस्यहरूलाई भाइटीका लगाइदिएको फोटो सार्वजनिक गरेकी छन् । मंगलबार सुजाताले दाई प्रकाश कोइराला‚ डा श्रीहर्ष कोइराला‚ डा.शेखर कोइराला तथा भाइ शशांक कोइरालालाई भाइटिका लगाएको तस्बिर सार्वजनिक गरेकी हुन् ।

उक्त टिका कार्यक्रममा प्रकाश कोइरालाकी छोरी तथा वलिउड अभिनेत्री मनिषा कोइराला पनि सरिक भएकी थिइन् । प्रकाश कोइराला‚डा श्रीहर्ष कोइराला र डा.शशांक कोइराला वीपी कोइरालाका छोराहरू हुन् ।
डा.शेखर कोइराला भने केशव र नोना कोइरालाका छोरा हुन् । सुजता भने पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला पुत्री हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण