समाचार
अमेरिकाको राष्ट्रपति निर्वाचनको पर्यवेक्षण गर्दै प्रमुख निर्वाचन आयुक्त थपलिया
मङ्गलबार, २० कात्तिक २०८१, १४ : ४९
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया अमेरिका पुगेका छन् । अमेरिकामा भइरहेको राष्ट्रपति पदको निर्वाचनको पर्यवेक्षणका लागि थपलिया अमेरिका पुगेका हुन् ।
स्थानीय समयअनुसार मंगलबार हुन गइरहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदै छ । त्यहाँको संघीय निर्वाचन आयोगको निमन्त्रणमा थपलिया अमेरिका पुगेका हुन् । निर्वाचन पर्यवेक्षण सकेर यही कात्तिक २४ गते उनी स्वदेश फर्किने कार्यक्रम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
प्रमुख आयुक्त थपलिया स्वदेश फर्किएपछि मंसिर १६ लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि केही महत्त्वपूर्ण निर्णयहरू हुने उल्लेख गरे ।
आयोगले निर्वाचनका लागि मतपत्र छपाई, ढुवानी लगायत विभिन्न विषयहरूमा निर्णय गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण