पुरानो हाते प्रेस त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण
काठमाडौँ । तत्कालीन समयमा चुनावी प्रचार सामग्री छाप्न ल्याइएको पुरानो हाते प्रेस त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । पूर्व सूचना तथा संस्कृति राज्यमन्त्री स्वर्गीय राधाप्रसाद घिमिरेको परिवारले उक्त हाते प्रेस त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई दिएको हो ।
पूर्व राज्यमन्त्रीकी कान्छी बुहारी दुर्गा घिमिरेले विभागका प्रमुख डा. कुन्दन अर्याललाई सो हाते प्रेस हस्तान्तरण गरेकी हुन् । २०१५ सालको आमचुनावताका प्रचार सामग्री खास गरी पोस्टर छाप्ने प्रयोजनका लागि भारतको कलकत्ताबाट विराटनगरमा ल्याई स्थापना गरेका थिए । पायोनियर प्रेसका नामबाट सञ्चालनमा आएको उक्त छापाखाना विराटनगरका पुराना छापाखाना मध्येको एक थियो ।
सन् १८८३ मा लन्डन (बेलायत) मा बनेको यो हाते प्रेस गुटेनवर्गले सन् १४४० ताका आविष्कार गरेको प्रेससँग मिल्दोजुल्दो रहेको विभागले जनाएको छ ।

अब त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषय पढ्ने विद्यार्थीहरूले पुरानो छपाइ प्रविधिबारे प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । विभागमा राखिएसँगै विद्यार्थीले पढ्दै आएको हाते प्रेसलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाउने भएका हुन् ।
प्रेस हस्तान्तरण कार्यक्रममा डा अर्यालले विभागलाई शैक्षिक प्रयोजनका लागि उदारतापूर्वक हाते प्रेस प्रदान गरेकोमा आभार प्रकट गरे ।
हस्तान्तरण कार्यक्रममा बुद्धिजीवी, प्राध्यापक, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो । कार्यक्रममा प्राडा कृष्ण पोखरेल, पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्राडा विजुकुमार थपलिया, मानवअधिकार आयोगका संस्थापक सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित लगायत उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण