‘कल जोडि विनती करैछी हे छठि मैया’ सार्वजनिक
विराटनगर । विराटनगरका पत्रकार तथा संचारकर्मीको भूमिका रहेको मैथिली भाषाको म्युजिक भिडियोसहितको छठ गीत सार्वजनिक भएको छ । संचारकर्मीहरुको लेखन, निर्देशन तथा लगानीमा निर्माण गरिएको ‘कल जोडि विनती करैछी हे छठि मैया’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो ।
विराटनगरका पत्रकारहरु नवीन कर्ण, सोनु कुमार दास र हुसैन शेखको संयुक्त सहकार्यमा उक्त गीतको निर्माण गरिएको हो । गीतको लेखन तथा निर्माण पत्रकार नवीन कर्णले गरेका छन् भने निर्देशन, सम्पादन तथा रंग संयोजन हुसैन शेखले गरेका छन् । यस्तै गीतमा पत्रकार सोनु कुमार दासले अभिनय गरेका छन् । दाससँगै गीतमा विराटनगरकै ईशा यादवले प्रमुख भूमिका निर्वाह गरेकी छिन् । अन्य कलाकारहरुमा विनिता कर्ण, पुष्पलता कर्ण, माधुरी मनिष कर्ण, नूतन कर्ण र रानी कर्ण रहेका छन् । यस गीतमा व्रतालु, गृहिणी महिलाहरूले नै प्रमुख भूमिका निर्वाह गरेका छन् ।
गीतमा चर्चित गायिका ज्योति विश्वकर्माले स्वर दिएकी छिन् भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन् । विराटनगरको बिट्ज रेकर्डिङ स्टुडियोमा स्वारांकन गरिएको यस गीतको प्रविधि संयोजन सुरज श्रेष्ठले गरेका छन् । म्युजिक भिडियोको छायांकन सन्तोष रजक र विक्रम साहले गरेका हुन् ।
पछिल्लो समय छठसहितका धार्मिक गीतहरुमा पनि पाश्चात्य शैलीको संगीत प्रयोग गर्ने क्रम बढिरहेको अवस्थामा छठ गीतको मौलिकता झल्किने संगीत र शब्द प्रयोग गरेर म्युजिक भिडियो निर्माण गरिएको रचनाकार नविन कर्णले बताए । मैथिली अनलाइनको युट्युब च्यानलमा यो गीत रिलिज भएसँगै दर्शक तथा श्रोतामा लोकप्रियता हासिल गर्दै गएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण